बालेन र रविलाई मन पर्यो ‘दिमाग खराब’

फिल्म ।‘दिमाग खराब’ फिल्मको प्रिमियर हेरेपछि अहिले जनताको आशाका केन्द्र बनेका दुई प्रतिनिधी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रसंशा गरेका छन् । सितिमिति पूरै समय हलमा नबिताएका रवि र बालेनले ‘दिमाग खराब’लाई भने पूरै समय बसेर हेरे ।

सभापति लामिछानेले फिल्मलाई छुटाउनै नहुने बताए । ‘यो फिल्मले राजनीतिक चेतना बढाउछ, यो नहेरी नहुने फिल्म हो । यसको प्रचारका लागि म जहाँ पनि पुग्न तयार छु’, सभापति लामिछानेले भने । उनले यसको तुलना नेपाली क्लासिक फिल्म ‘बलिदान’ सँग गर्दै आफूले आजसम्म कुनै पनि फिल्म यसरी हेर्नैपर्छ भनेर नभनेको प्रस्ट्याए । सभापति लामिछानेकी पत्नी निकिता पौडेलले पनि फिल्मको विषयको प्रसंशा गरिन् ।

मेयर शाह प्रिमियर पश्चात मिडियासँग बोल्न चाहेनन् तर फेसबुकबाट फिल्मबारे प्रतिक्रिया दिए । उनले एक रोमाञ्चक फिल्म भन्दै ‘दिमाग खराब’को प्रशंसा गर्दै शुभकामना दिए । ‘लूट’ निर्देशन गरेर नेपाली फिल्मको कथ्य शैली र प्रस्तुतीकरण नै रुपान्तरण गर्न सफल निर्देशक निश्चल बस्नेतले आफू र निर्माण समुहलाई विश्वास गरेर प्रदर्शनीमा सहभागी हुनुहुने सबैलाई धन्यवाद दिए ।

फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, विजय बराल, सुमन कार्की, अर्पण थापा लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्