असोज ३ मा ‘लभ डायरिज’

27 Shares

फिल्म । होस्टेल सिरिज मार्फत उदाएका अभिनेता सुशील श्रेष्ठ राम्रो सम्भावना हुँदा हुँदै पनि हराईरहेका छन् । उनले अभिनय गरेका फिल्मले दर्शकलाई सोचीए अनुसार आकर्षित गर्न सकेको छैन । उनको केहि फिल्म रिलिजको पर्खाइमा छन् । यसै बीच उनको आश गरिएको फिल्म ‘लभ डायरिज’ ले रिलिज डेट घोषणा गरेको छ ।

निर्माण पक्षले आउँदो असोज ३ गतेलाई फिल्मको रिलिज डेट घोषणा गरेको छ । रिलिज डेट घोषणा गर्दै सार्वजनिक गरिएको पोष्टरमा सुशीलसँग डेब्यु गर्ल रुविना थापा रोमान्टिक देखिएकी छिन् । सुशीलले यसअघि ‘होस्टल रिटन्स’, ‘सायद २’ र ‘कारखाना’ फिल्ममा अभिनय गरिसकेका उनको यो चौथो फिल्म हो । उनले फिल्ममा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् ।

सौरभ चौधरीको निर्देशनमा बनेको फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ । यस फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ । नायिका थापा फिल्मलाई लिएर उत्साहित छिन् ।

Facebook Comments