गरुड पुराणको ‘म त पिरिममा’ सार्वजनिक (भिडियो)

फिल्म । फिल्म ‘गरुड पुराण’ को सावजनिक गीत ‘म त पिरिममा’ बोलको गीतमा निश्चल बस्नेत पनि देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको पहिलो गीतमा निश्चलसँगै फिल्मका कलाकारहरु कर्मा र नव नायिका प्रियंका सिंह ठकुरी फिचर्ड छिन । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन । गीतमा कोसिश क्षेत्री संगीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोसिस र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् ।पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ ।

‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौ , त्यहि अनुरुप गीत पनि तयार गरेका हौ’ निर्देशक कोइराला भन्छन ‘गीतलाइ फिल्मकै कथा अनुसार तयार गरेका हौ ।’आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्