फिल्म । डेब्यु फिल्म ‘श्रीमान’ मार्फत नै आफ्नो क्षमतालाई प्रस्तुत गरेका निर्देशक नवल नेपाल निर्देशित ‘मारुनी’ फिल्मको पहिलो गीत ‘जाम न माया जाम’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का फिचर्ड छन् । दीपक बज्राचार्यको स्वर र संगीत रहेको गीतको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने यसलाई संजय लामाले छायाँकन गरेका हुन् ।
राजधानीको ठमेल स्थित फरेन हाइट क्लबमा छायाँकन गरिएको गीतले दर्शकको अपेक्षा अनुसार नै भएको निर्देशक नेपालले बताए । ‘दर्शकको अपेक्षा अनुसार नै आउने कोसिस रहेको छ’ उनले भने । गीत सार्वजनिक गर्ने कार्यक्रम भएकाले उनले यससँग जोडिएको विभिन्न पक्षको तारिफ गरे । ‘सोचलाई मुर्त रुप दिने सम्पूर्ण प्रति आभारी छु’ नेपाल भन्छन् ‘अलिकति जिम्मेवारी बढेको महसुस भएको छ ।’ उनले आफ्ना अघिल्ला फिल्म झैँ यसपटक पनि दर्शकलाई निराश नबनाउने बताए ।
उनि निर्देशित महसुस , लज्जा , भाग सानी भाग , मंगलम लगायतका फिल्मले दर्शकबाट तारिफ नै पाएका छन् । फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने समेत निर्देशक नेपालले बताए । गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेकोछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुसँगै आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको पनि अभिनय रहनेछ । फिल्ममा पुनम गौतम निर्मात्री छिन् भने राजु प्रधान, मिना क्षेत्री र दर्शना केसीको सह–लगानी छ । फिल्म भाद्र १३ मा रिलिज हुनेछ ।