‘ह्रस्व दीर्घ’ : ‘भगवान नै हुन् आमा’ सार्वजनिक

फिल्म । आगामी कात्तिक ३० गतेबाट प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’ मा समावेश ‘भगवान नै हुन् आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक लिरिकल भर्सनको गीतमा सत्यराज आचार्यको स्वर, बाबुल गिरीको शब्द र सङ्गीत रहेको छ । गीतको बालबालिका भर्सनलाई स्वर्णिम कठायत, आयुष गिरी र ओजस्वी बजगाईंले गाएका छन् ।

गीतमा अभिनेत्री विपना थापा र बाल कलाकार फिचर्ड छन् । गीतमा आमाको माया र सङ्घर्षलाई देखाउदै योद्धाको रुपमा चित्रण गरेका छन् । अभिनेता, निर्माता र लेखकको भूमिका युवा ज्योतिष हरिहर अधिकारीले निर्वाह गरेका छन् । उनले लेखकले फिल्म लेख्दै गर्दा सोचेको वा परिकल्पना गरेको दृश्य भन्दा फिल्म भव्य बनेको प्रतिक्रिया दिएका छन् ।

नेपाल र भारतीय कलाकारको अभिनयका कारण राम्रो हाइप बनाइरहेको फिल्मलाई चन्द्र पन्त निर्देशन गरेका हुन् । उनका अनुसार यो एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भनिएको छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्