‘नेपालको गौरव बढाउने छु’

देश । मिस युनिभर्स नेपाल, २०२० की विजेता अंशिका शर्मा मिस युनिभर्सको ६९ औँ संस्करणमा सहभागी हुन् संयुक्त राज्य अमेरिका पुगेकी छिन् । आउँदो मे १६ मा फ्लोरिडा स्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन् अंशिकासंगै मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् । विश्वका ७४ देशका सुन्दरीहरु मार्फत छानिने २१ ले पहिलो बन्नको लागि मिस युनिभर्समा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०,५ हुँदै विजेता घोषणा हुनेछ ।

विगत ४ महिना यता मिस युनिभर्सको लागि प्रशिक्षणमा व्यस्त अंशिकाले आफुसंगै टिमको पनि उत्तिकै महत्वपूर्ण साथ् रहेको बताइन । देशलाई प्रतिनिधित्व गरिरहेको हुँदा केहि नर्भससंगै उत्साहित पनि छिन् , उनि । आज देखि मिस युनिभर्सको विभिन्न कार्यक्रममा सहभागी हुने अंशिकाले अद्भुत राष्ट्रिय पोशाक अन्तर्गत सगरमाथा झल्किने प्रस्तुति दिनेछिन् । ‘म नेपाललाई प्राउड गराउने छु , मसंगै टिमको मेहनत उत्तिकै छ’ अंशिकाले भनिन् ।

साथै , उनले यसपटक टप २१ मा छानिन भोट महत्वपूर्ण रहेको बताइन् । ‘यसपटक टप २१ मा छानिन् भोट आवश्यक पर्छ र त्यो गरिरहनु भएको छ मलाइ थाहा छ । साथै , जति धेरै भोट हुन्छ , त्यति नै हाम्रो स्थान त्यहाँ सुरक्षित हुन्छ ‘ उनले भनिन् ।

विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा भित्राएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् । यस्तै उनले यसपटक आफ्नो तयारी पत्रकार सम्मेलन मार्फत कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा गर्न नसकेको बताइन । उनले आफु प्रतियोगीको रुपमा मिस युनिभर्समा सहभागी भइसकेको हुँदा यसपटक पोस्ट प्याजेन्टमा ग्रुमीङलाई सुरु गरेको बताइन । प’हिला ब्युटी प्याजेन्टमा यस्तो हुन्थेन तर म आफै पनि मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गरिसकेकी हुनाले मैले त्यहाँ प्रतियोगीलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरुमा ध्यान दिएकी छु । हेयर , वाक , स्पिच , स्टाइलिस लगायतका सम्पूर्ण ट्रेनिङ दिएर हामीले तयार गरेका छौं ‘ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्