फिल्म । आउँदो तीजलाई लक्षित गर्दै भाद्र १३ बाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’ को ट्रेलर सर्वाजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा पुष्प खड्काको प्रेममा साम्राज्ञी आरएल शाह देखिएकी छिन् । उनको प्रेम एकोहोरो छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पुष्प र साम्राज्ञीसंगै रेविका गुरुङको मुख्य भुमिका रहेको छ । फिल्ममा उनीहरुको साथै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । यो फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । फिल्मको ट्रेलर साहिल खानले तयार पारेका हुन् ।
कमेन्ट गर्नुहोस्












