फिल्म । बलिउडमा सफल सिरिज मध्यको एक हो , क्रिस । ऋतिक रोशनको करियरलाई अगाडी बढाउन मदत गरेको फिल्म ‘कोइ मिल गया’ को कथालाई अगाडी बढाउदै उनकै पिता तथा निर्देशक राकेश रोशनको निर्देशन रहेको फिल्म ‘क्रिस’ को अब चौथो सिरिजलाई दर्शकले हेर्न पाउने भएका छन् । पछिल्लो समय फिल्म ‘वार’ मार्फत चर्चा बटुलेका ऋतिकले अब सुपरहिरो बन्ने फैसला गरेका हुन् ।
हालै उनले सामाजिक सञ्जाल मार्फत क्रिस रिलिज भएको १५ औँ वर्षको अवसरमा नयाँ सिरिज आउने घोषणा गरेका हुन् ।’ विगत गैसक्यो, अब हेरौं, भविष्यले के लिएर आउनेछ’ ऋतिकले सामाजिक सञ्जाल यस्तो क्याप्सन लेखेपछि धेरैले फिल्मको कथालाई टाइम ट्राभलसंग जोडेका छन् । फिल्ममा कोइ मिल गयासंगै आउँदो क्रिससम्मको कथा लिंक हुने बताइएको छ । फिल्मको अन्य कास्टको बारेमा केहि खुलासा गरिएको छैन ।
सन् २००३ मा आएको फिल्म ‘कोइ मिल गया’ पछी यसको क्यारेक्टरलाई नै लिएर राकेशले सन् २००६ मा ‘क्रिस’ ल्याएका थिए । फिल्मलाई बलिउड प्रेमी दर्शकले निकै रुचाए । यो बलिउडको हिट एक मात्र सुपर हिरो हो भन्दा फरक नपर्ला । यसपछि यसको दोस्रो सिरिज अर्थात् ‘क्रिस ३’ सन् २०१३ मा रिलिज भएको थियो । त्यसपछि दर्शकले ऋतिकलाइ ‘क्रिस’ अवतारमा देख्न पाएका छैनन् ।
त्यसो त फिल्म ढिला हुनुको कारण ऋतिक नभइ उनका पिता हुन् । सिरिजलाई निर्देशन गर्दै आएका राकेश रोशन केहि समय अगाडी विरामी थिए । राकेशले फिल्म निर्देशनको जिम्मा संजय गुप्तालाई दिने तयारी गरेका थिए । तर , ऋतिकले त्यो मानेनन् । उनि चाहन्छन फिल्म डे फस्टबाट राकेशकै कप्तानीमा अगाडी बढोस् । संवत फिल्मको छायाँकन सन् २०२१ को अन्त्यसम्ममा हुनेछ । (एजेन्सी)
कोइ मिल गया र कृषको सेटिङमा कृष ४ बन्ने चर्चा समेत उक्त वेबसाइटले उल्लेख गरेको छ । यसबाहेक आगामी वर्ष ऋतिक विक्रम भेदाले निर्देशन गर्ने ‘द नाइट म्यानेजर एन्ड फाइटर’मा व्यस्त हुनेछन् । साथै, फिल्म रामायणमा उनको मुख्य भूमिका हुनेछ ।
The past is done .
— Hrithik Roshan (@iHrithik) June 23, 2021
Let’s see what the future brings. #15YearsOfKrrish #Krrish4 pic.twitter.com/xbp5QzwObF










