फिल्म । विवाहपछी दीपिका पादुकोणको कमब्याक सुखद हुन् सकेन । यसै वर्षको सुरुवातमा रिलिज भएको फिल्म ‘छपाक’ मार्फत उनले सफलता पाउँन सकिनन् । त्यसपछि ‘८३’ मा पति रणवीर सिंहसँग देखिन लागेकी दीपिकाले व्यक्तिगत सुरक्षाका लागि अंगरक्षकमा कति रकम खर्च गर्छिन् त ? किनकी बलिउडका कलाकारहरु अंगरक्षकमा राम्रै पैसा खर्चिने गरेका छन् ।
उनले आफ्नो सुरक्षा गरेबापत जलाललाई वार्षिक एक करोड भारु पारिश्रमिक दिने गरेकी छन्। सन् २०१७ मा भने यो रकम भारु ८० लाख थियो। बलिउडमा अधिक पारिश्रमिक लिने र बढी कमाउने अभिनेत्रीहरूको सूचीमा पर्ने दीपिकाले कमाइबाट आफ्नो सुरक्षामा उनले राम्रै रकम खर्च गर्ने गरेको देखिन्छ। यसैगरी दीपिकाले अंगरक्षक जलाललाई भाइ पनि बनाएकी छिन् । उनले हरेक वर्ष जलालको हातमा रक्षाबन्धनको डोरी बाँध्छिन्। (एजेन्सी)
कमेन्ट गर्नुहोस्










