‘ज्याकी: आइएम ट्वान्टी वान’ घोषणा

फिल्म । धिरज मगर अभिनित सिनेमा ‘ज्याकी: आइएम ट्वान्टी वान’को औपचारिक घोषणा गरिएको छ । बिहिबार सरस्वती पूजाको अवसर पारेर निर्माण कम्पनि आइकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल भिडियो सार्वजनिक गर्दै घोषणा गरिएको हो । रेनशा राई राणाले निर्देशन गरेको सिनेमाको शिर्षक ‘आइएम ट्वान्टी वान’ थियो । लक्षित उमेर समुहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शिर्षकमा ‘ज्याकी’ थपिएको निर्देशक राणाले जानकारी दिइन ।

भिडियोमा धिरज ज्याकीको भूमिकामा रहने प्रष्ट पारिएको छ । सिनेमामा धिरजसंगै जसिता गुरुङ र अरुण क्षेत्रीपनि मुख्य भूमिकामा छन् । निर्माण पक्ष चाँडै नै फस्टलुक सार्वजनिक गर्ने तयारीमा रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको सिनेमामा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको सिनेमा बैशाख २१ मा रिलिज हुने सम्भावना छ । तर निर्माण पक्षले आधिकारिक मिति घोषणा गरिसकेको छैन । कोरोना महामारीको समयमा छायांकन गरिएको ‘ज्याकी: आइएम ट्वान्टी वान’ रेनशाको दोस्रो निर्देशकीय सिनेमा हो । एक सफल कोरियोग्राफरहुँदै ‘इन्टु मिन्टू लण्डनमा’बाट निर्देशनमा हात हालेकी रेनशा लगातार दोस्रो हिट दिने दाउमा छिन ।

कमेन्ट गर्नुहोस्