निफको तेस्रो संस्करणका लागि आवेदन खुल्ला

16 Shares

फिल्म । अघिल्ला वर्ष झैँ यस वर्ष पनि आयोजना हुने नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) काठमाण्डौमा हुने जनाएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने निफको तेस्रो संस्करण २०२० फेबु्रअरी १३ देखि १७ सम्म काठमाडौंमा हुने जानकारी एक पत्रकार सम्मेलनको आयोजना गर्दै गराइयो । ‘हामीले निफको तेस्रो संस्करणलाई अझै विस्तार गर्दै फैल्याएका छौ’ अध्यक्ष केपी पाठक भन्छन् ‘यस किसिमको फेस्टिभलले फिल्मकर्मीलाई प्रोत्साहित गर्छ भन्ने विश्वास छ ।’

उनले अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशीमा वृद्धि गरेको समेत बताए । फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले यही २०१९ जुन १५ देखि अक्टोबर ३० सम्म सहभागिताका लागि आवदेन गर्न सकिने समेत उक्त अवसरमा बताइयो । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष एनिमेसन र बृत्तचित्रको विधा पनि थपिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै हामीले यो संस्करणबाट एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गराइएको हो ।

एनिमेटेड विधामा पुरस्कृत हुने उत्कृष्ट एनिमेटिड चलचित्रलाई ७ सय ५० अमेरिकी डलर राशीको मञ्जुश्री अवार्ड , अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशी सहित गौतमबुद्ध अवार्ड, सर्बोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्बोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्बोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बाग्मती अर्वाड प्रदान गरिनेछ ।

साथै , नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख राशीको नगद सहित पुरस्कार, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार सहित पुरस्कार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ । यस पटक फेस्टिभलमा सहभागिताका लागि विदेशी फिल्मकर्मीहरुले www.filmfreeway.com मार्फत फिल्म पठाउनुपर्नेछ भने नेपाली फिल्मकर्मीहरुले www.filmfreeway.com वेबसाइटमा उपलब्ध फर्म डाउनलोड गरेर आवदेन गर्न सकिने निफले जनाएको छ । www.filmfreeway.com मार्फत आउने विदेशी फिल्म मध्ये शर्टवाड डकुमेण्ट्रि फिल्मले १० अमेरिकी डलर र फिचर फिल्मले १५ डलर शुल्क बापत फिल्म फ्रिवेलाई तिर्नुपर्नेछ ।

Facebook Comments