उपासना र अनमोलको जोडी

90 Shares

फिल्म । पछिल्लो समयका पपुलर नायक हुन् अनमोल केसी । निकै सोचेर फिल्म गर्ने भएकाले उनले आफ्नो क्रेजलाई अहिलेसम्म जोगाउन सफल भएका छन् । यिनै अनमोलले हरेक फिल्ममा नयाँ अभिनेत्रीसंग काम गर्ने गर्छन् । उनकै जोडी बनेर थुप्रै नयाँ अनुहार पनि उदाईसकेका छन् । यिनै मध्येकी एक हुन् उपासना सिंह ठकुरी । उनले अनमोलसंग फिल्म ‘क्याप्टेन’ मार्फत डेब्यु गरेकी थिइन् ।

ठुलो पर्दामा सुहना थापासंग जोडी दोहोर्याएका अनमोलले सानो पर्दाको लागि उपासनासंग काम गर्दैछन् । यी दुइले एक विज्ञापनमा मोडलीङ गरेका हुन् । विज्ञापनको बारे नखुलाईएता पनि यी दुइले सामाजिक सञ्जाल मार्फत भने आफुहरुले एकसाथ् काम गरेको जानकारी दिईसकेका छन् । विज्ञापनमै भए पनि अनमोल र उपासनालाई एकसाथ हेर्ने दर्शकको चाहना पूरा भएको छ । तर पर्दामा एकसाथ फेरि पनि अनमोल र उपासनालाई हेर्ने दर्शकको चाहना कहिले पूरा हुने हो, यो आउँदा दिनले नै बताउने छ ।

कमेन्ट गर्नुहोस्