‘सिरानीको साथी’मा दिक्पाल र सेजलको रोमान्स

सङ्गीत। गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पिडा ब्यक्त छ । गीतले विदेशिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ । गीतको संगीत संयोजन अशोक कुमार राइले गरेका हुन् ।

गीतको भिडियोमा दिक्पाल कार्की र सेजल कफियाको अभिनय छ । दिक्पाल र सेजल भिडियोमा श्रीमान् श्रीमतीको रुपमा देखिएका छन् । अमृत सुनुवारको छायांकन, शौखिन तिमल्सिनाको सम्पादन रहेको भिडियोका सहायक निर्देशक सम्यक अधिकारी हुन् । भिडियोका निर्देशक समन अधिकारी हुन् ।

कमेन्ट गर्नुहोस्