फिल्म । अभिनेत्री मलिका महतको पोस्टर सार्वजनिक गर्दै फागुन १८ मा प्रदर्शन हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ मा उनले निर्वाह गरेको भूमिकालाई सार्वजनिक गरिएको छ । उनले फिल्ममा चाँदनीको भूमिका निर्वाह गरेको निर्देशक सौरभ चौधरीले जानकारी दिए । अभिनेत्री महतसँगै निर्माण पक्षले अभिनेता सौगात मल्ल राजेको पोस्टर सार्वजनिक गर्दै यी दुईको जोडी हुने सङ्केत समेत गरेको छ ।
नयाँ पुस्ताकी अभिनेत्री महत र अभिनेता मल्लको जोडी कस्तो देखिने हो भन्ने कौतुहलता दर्शकमा हुनु स्वाभाविक हो । फिल्ममा निश्चल बस्नेत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।












