फिल्म । बलिउडमा रोमान्टिक अनसक्रिन जोडी मध्येका एक हुन् , शाहरुख खान र काजोल । यी दुइले फिल्म ‘बाजिगर’ मा पहिलो पटक काम गरेका थिए । त्यसपछि यी दुइको जोडीलाइ दर्शकले रुचाए । त्यसपछि दिलवाले दुल्हनिया ले जाएंगे , कुछ कुछ होता है लगायतका फिल्ममा सँगै काम गरे । त्यसपछि यो जोडी दर्शक माँझ प्रिय नै बन्यो ।
तर , फिल्म बाजिगरको छायाँकनको क्रममा शाहरुखले अभिनेता आमिर खानलाई काजोलसँग काम नगर्न सल्लाह दिएका थिए । आमिरले कुनै प्रोजेक्टलाइ लिएर काजोलको बारेमा सोधेका थिए । यद्दपी शाहरुखले उक्त समयमा काम गर्न नसकिने एक्ट्रेस भन्दै काजोलको चर्चा गरे । यसको कारण थियो , पहिलो पटक काम गर्नु । शाहरुख र काजोलले पहिलो पटक काम गरिरहेका थिए र एक अर्कासँग चिनजान थिएन ।
काजोलको बढी बोल्ने र टिप्पणी गर्ने बानि शाहरुखलाई मन परेको थिएन । काजोललाइ पनि केहि कुरामा शाहरुख ठिक लागेको थिएँन । यसैले गर्दा छायाँकनको क्रममा यी दुइको झगडा पनि भएको थियो । यसलाई शाहरुख स्वयमले एक अन्तर्वार्ताको क्रममा बताएका छन् । यद्दपी जसरी छायाँकनमा यी दुइको भेटघाट हुदै गयो , एक अर्कालाई बुझ्दै गए । यी दुइ राम्रो साथी बने ।
शाहरुखले अन्तर्वार्ताकै क्रममा भनेका छन्,’आमिरलाई काजोलको बारेमा प्रतिक्रिया दिएपछि मैले त्यहि बेलुकी फेरी फोन गरे । मैले मेरो व्यक्तिगत कारण त्यस्तो प्रतिक्रिया दिएको र काजोल राम्रो अभिनेत्री रहेको बताए । मन हल्का भयो । पछिल्लो समयसम्म मेरो मिल्ने साथी मध्यकी एक हुन् , काजोल ।’ (एजेन्सी)











