कार्तिक र कृतिको ‘लुका छिपी’ (भिडियो)

फिल्म । पछिल्लो समय चकलेटी हिरोको लिस्टमा अगाडी आउने नाम हो कार्तिक आर्यन । फिल्म प्यारका पंचनामा सिरिज मार्फत चर्चामा आएका कार्तिकको नयाँ फिल्म ‘लुका छिपी’ को त्रेकर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथासारलाई खुलाउने कोसिस गरिएको छ । फिल्ममा कार्तिकको को-स्टार छिन् , कृति सानोन । फिल्ममा यी दुई लिभ इन रिलेसन्समा रहदाको अवस्थालाई देखाइएको छ ।

फिल्ममा पंकज त्रिपाठी , विनय पाठक र आपर शक्ति खुरानाको अभिनय रहेको छ । फिल्मलाई दिनेश विजानले निर्मा गरेका हुन् । गत वर्ष यो टिमले निर्माण गरेको फिल्म ‘स्त्री’ ले राम्रो समिक्षासँगै बक्स अफिसमा पनि राम्रो कलेक्सन गर्न सफल रहेको थियो । फिल्मलाई लक्ष्मण उतेकरले निर्देशन गरेका हुन् । यो फिल्म मार्च फस्टमा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्