फिल्म । नेपालमा समीक्षकको मन जितेको फिल्म ‘बुलबुल’ ले नेपालसँगै अन्तराष्ट्रिय मंचमा पनि आफुलाई अब्बल सावित गरेको छ । विनोद पौडेल निर्देशित ‘बुलबुल’ले हालै इन्दुज भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन अवार्ड जितेको छ । फिल्मले निर्देशक, अभिनेता र अभिनेत्री गरी तीन विधामा अवार्ड जितेको हो ।
फिल्मबाट निर्देशकको रुपमा विनोद पौडेल , स्वस्तिमा खड्का र मुकुन भुसालले क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते । अनलाइन चलेको फेस्टिभलमा नेपालबाट सहभागी भएको इटलियन फिल्म ‘सरिता’ले पनि दुई अवार्ड जित्यो । फिल्मले कोरियोग्राफी र पटकथामा दुई अवार्ड जितेको हो । यो फिल्मलाई सर्जियो बास्सोले निर्देशन गरेका हुन् । फिल्मको छायांकन भने रविन आचार्यले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्








