सीबीआई जाँच हुने

फिल्म । दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) मा पुगेको छ । बिहार सरकारले सुशान्तको मृत्यु प्रकरणमा सीबीआई अनुसन्धान सुरु गर्ने अनुरोध स्वीकार गरेको छ । भारतका सोलिसिटर जनरल तुषार मेहताले सर्वोच्च अदालतलाई दिएको हो । बिहारका मुख्यमन्त्री नीतिश कुमारले उक्त मुद्दा सर्वोच्च अदालतमा हस्तान्तरण गर्न सिफारिस गरेका हुन् ।

गत १४ जुलाईमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेको सुशान्तको मृत्युको छानविन सिबीआईले गर्नु पर्ने मांग उनको परिवारसंगै फ्यानले गर्दै आइरहेका छन् । मुम्बई प्रहरीले मृत्युको अनुसन्धान गर्न थालेको एक महिनाभन्दा धेरै भइसकेको भएता पनि कुनै ठोस कारण पत्ता लगाउन नसकेपछि सुशान्तका बुबा केके सिंहले केही दिनअघि बिहार प्रहरीमा मुद्दा दायर गराएका थिए । उनले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दायर गराएका हुन् । जसपश्चात् सुशान्तको मृत्यु प्रकरणमा बिहार प्रहरीले अनुसन्धान सुरु गरेको छ । अन्तत बिहार प्रहरी र सरकारले सुशान्तको मुद्दालाई सीबीआईसम्म पुर्‍याउन सफल भएको छ ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्