‘दाल भात तरकारी’ मा आँचलको इन्ट्री

फिल्म । अभिनेत्री आँचल शर्मा पछिल्लो समय म्युजिक भिडियोमै व्यस्त थिइन् । किनकी उनले कुनै फिल्ममा सहमति गर्न सकेकी थिइनन् । तर अब उनि फिल्म ‘दाल भात तरकारी’ को छायाँकनमा व्यस्त हुने भएकी छिन । उनको छायाँकन मङ्सिर पहिलो साताबाट हुनेछ । केहि समय अगाडी निर्माण पक्षले फिल्मको कास्ट एण्ड क्रिउ सार्वजनिक गर्दै कार्यक्रम गरेको थियो अब भने यसमा केहि परिवर्तन आएको छ । स्वस्तिमा खड्काको स्थानमा आँचल इन भएकी हुन् ।

स्वस्तिमाको व्यस्तता बढ्दै गएपछि निर्माण पक्षले आँचललाई इन गराएको हो । सुदन केसीको डेब्यु निर्देशन रहने फिल्मलाई मह सञ्चार र किरण केसीले निर्माण गर्दैछन । सुदनले यस अघि नै आँचलसँग सहायक निर्देशकको रुपमा ‘शत्रु गते’ मा काम गरिसकेका छन् । फिल्मको कथा हरिवंश आचार्यले लेखिरहेका छन् भने यसमा हरि र आँचलसँगै निरुता सिंह , पुष्पल खड्का , बर्षा राउत , विल्सन विक्रम राई लगायतको अभिनय रहनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ पनि विशेष भूमिकामा देखिनेछन ।

कमेन्ट गर्नुहोस्