प्रचारप्रसारमा निस्किए सौगात

फिल्म । अभिनेता सौगात मल्ल आफ्नो फिल्म प्रचारको लागि मेला – महोत्सवमा पुग्न थालेका छन् । प्रचारप्रसारमा सक्रियता नदेखाएको आरोप खेप्ने गरेका अभिनेता मल्लले आउँदो माघमा प्रदर्शन हुने फिल्म‘हात्तीछाप’को प्रचारका लागि पश्चिमका भूभागको नेपालगञ्ज, कैलाली र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेर प्रचार गरेका छन् । उनले महोत्सवमा आफ्ना हिट संवाद सुनाउदै दर्शकलाई मनोरंजन दिएका थिए ।

उनीसँगै निर्माता किरण नेपाली र कलाकार कमलमणी नेपालले पनि दर्शकसँग साक्षात्कार गरेका थिए । यस्तै, चलचित्रकी अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता बुद्धी तामाङ भने दाङ पुगेका छन् । उनीहरुले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्नेछन् ।

सिमोश सुनुवार निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्