‘एक भिलेन २’ मा नयाँ जोडी

फिल्म । सन् २०१४ मा बनेको फिल्म ‘एक भिलेन’ को दोस्रो सिरिज आउने भएको छ । फिल्मको नयाँ सिरिजमा नयाँ कलाकारहरु हुने भएका छन् । पहिलो सिरिजमा सिद्धार्थ मलहोत्रा , श्रद्धा कपूर र रितेश देशमुख कास्ट थिए । यी तिनैको कामसँगै फिल्मलाई दर्शकले रुचाएका थिए । गीतसंगीतले दर्शकलाई हलसम्म आकर्षित गरेको थियो भने दर्शक फिल्ममा कन्भिन्स थिए ।

यसको दोस्रो सिरिजलाई मोहित सुरीले नै निर्देशन गर्नेछन् । ‘एक भिलेन २’ नाम राखिएको फिल्ममा जोन अब्राहम र आदित्य रोय कपूरको अभिनय रहनेछ । यसलाई भुषण कुमार र एकता कपूरले संयुक्त रुपमा निर्माण गर्नेछन् । ‘केहि दिन अगाडी मोहितले जोन र आदित्यलाई कन्सेप्ट शेयर गरेका छन् र उनीहरुले मन पनि पराएका छन्’ फिल्मका एक सदस्यले भारतीय मिडियालाई जानकारी दिए । फिल्ममा को एक्ट्रेस हुनेछिन् भन्ने बताइएको छैन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्