रुमालै छ चिनोको ‘ए माया’ सार्वजनिक (भिडियो)

जयहोस् । कुनै बेलाको चर्चित गीत ‘रुमालै छ चिनो’ बाट सापटी लिदै तयार गरिएको फिल्म ‘रुमालै छ चिनो’मा समावेश ‘ए माया’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक पहिलो गीतमा शब्द र संगीत अर्जुन पोखरेलको रहेको छ भने भोकलमा अर्जुनलाई अन्जु पन्तले साथ् दिएकी छिन । सार्वजनिक गीतमा नायक सुशान्त कार्की र अप्सना थापा फिचर्ड छन् । सार्वजनिक गीतलाई सागर लामाले निर्देशन गरेका हुन् भने यसमा बिनोद सापकोटाको छायाँकन रहेको छ । गायक रेशम थापाकै लेखन रहेको फिल्ममा सुशान्त र अप्सनासँगै किशोर खतिवडा , संचिता लुइँटेल ,रश्मी भट्ट , मिथिला शर्मा , सुरबीर पण्डित , लक्षमण बिक्रम बस्नेत , सुरज महरा , सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्वती फिल्मसको ब्यानरमा निर्मित फिल्ममा चन्द्र ब खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त निर्माण रहेको छ । फिल्मलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्