रणवीरको पारिश्रमिक ५० करोड ?

फिल्म । निर्देशक रोहित शेट्टीले रणवीर सिंहसँग एक एडमा काम गरे । एडमा नै रणवीरको काम देखि खुसि भएका रोहितले उनलाई ‘सिम्बा’ को रुपमा प्रस्तुत गरे । साउथ इण्डियन हिट फिल्म ‘टेम्पर’ को रीमेकमा रणवीरले पनि राम्रो काम गरे । त्यस यता यी दुइको जोडीको चर्चा बि-टाउनमा राम्रै हुनेगरेको छ । अक्षय कुमार शिर्ष रोलमा रहेको फिल्म ‘सूर्यवंशी’ मा सिम्बाकै रुपमा रणवीरलाई प्रस्तुत गरेका रोहितले त्यसपछि ‘सर्कस’ निर्देशन गरिरहेका छन् ।

६० को दशकमा आधारित फिल्ममा रणवीर लिड रोलमा छन् । फिल्मको अधिकांस छायांकन इन्डोर नै भइरहेको छ । यसैबीच फिल्मसँग जोडिएर नयाँ खबर बाहिर आएको छ । जसले बलिउडमा राम्रो चर्चा पाइरहेको छ । फिल्मको लागि रणवीरले ५० करोड भारु पारिश्रमिक लिएको खबर बाहिरिएपछी यसले चर्चा पाएको हो । निर्माण पक्षले यसबारे आधिकारिक केहि बोलेका छैनन् । यद्दपी भारतीय मिडियामा रणवीरले ७५ दिनको सेड्युलको लागि उक्त रकम लिएको चर्चा छ । यो खबरमा कत्तिको सत्यता छ , त्यो त आउने दिनमा थाहा हुनेनै छ ।

कमेडी जनरको फिल्ममा रणवीर डबल रोलमा देखिने छन् । सेक्सपियरको प्ले कमेडी अफ एरर्सबाट प्रेरित भएर निर्माण हुने यो फिल्ममा पूजा हेगडे, ज्याकलीन, वरुण शर्माको पनि अभिनय रहनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्