‘पलसंग अभिभावकको सम्बन्ध’

69 Shares

फिल्म । अभिनेत्री आँचल शर्माले अभिनेता पल शाह आफ्नो अभिभावक रहेको बताएकी छिन् । एक अन्तवार्ताको क्रममा पलसंग नाम जोडिनुलाई गसिप भन्दै उनले ति सब हल्ला रहेको बताइन । ‘पलजीले मलाइ निर्णय लिन मदत गर्नु हुन्थ्यो । उहाँ मेरो अभिभावक रुपमा हुनुहुन्थ्यो र हुनुहुन्छ’ आँचलले भनिन् । उनले आफु र पलको हल्लामा सत्यता नरहेको पनि प्रस्ट्याइन् ।

‘मैले प्रमाण ल्याउनुस अनि म स्वीकार्छु भने तर त्यो कसैले पाउनु ल्याउनु भएन’ उनले थपिन् । उनले गतवर्षको फागुनमा डाक्टर उदीप श्रेष्ठसंग विवाह गरिसकेकी छिन् । पछिल्लो समय लकडाउन खुलेसंगै उनले आफ्नो कामलाई अगाडी बढाएकी छिन् । म्युजिक भिडियोको कामलाई उनले निरन्तरता दिएकी छिन् ।

कमेन्ट गर्नुहोस्