युट्युबमा आयो ‘ए मेरो हजुर २’

फिल्म । फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक भएको छ । गत वर्ष भाद्रको दोस्रो साता प्रदर्शनमा आएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । झरना पति सुनिलकुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर’ मा झरना र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको थियो । यसको सिक्वेलमा साम्राज्ञी राज्यलक्ष्मी शाह , सलोन बस्नेत , बुद्धि तामाङ लगायतको अभिनय रहेको थियो भने यसै फिल्म मार्फत सलिनमान बनियाले डेब्यु गरेका थिए । सलिन पछिल्लो समय खोजिने हिरोमा पर्छन । फिल्मले हलमा राम्रो ब्यापार गर्न सफल भएको थियो भने यसको गीतसंगीतलाई दर्शकले रुचाएका थिए ।

कमेन्ट गर्नुहोस्