सुर्यको फिल्ममा अदिति ?

फिल्म । निर्देशक एभरेष्ट सुर्य बोहराको निर्देशनमा तयार भएको पछिल्लो फिल्म ‘भैरे’ हो । जसले ब्यबसायिक र समीक्षात्मक दुवै सफलता पाउनसकेन । यिनै सुर्यले नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ को तयारीमा जुटेका छन् । फिल्मको तयारीमा जुटिरहेका सुर्यले एक्ट्रेस अदिति बुढाथोकीसँगको तस्वीर शेयर गरेकी छिन । फिल्म ‘कृ’ मार्फत फिल्मनगरीमा एक्ट्रेसको रुपमा डेब्यु गरेकी मोडल अदितिले त्यस यता अन्य फिल्म साइन गरेकी छैनन् ।

मोडलिङमा सुनिएको नाम भएता पनि अदितिले भने डेब्यु फिल्मबाट खासै कमाल देखाउन सकिनन् । त्यसो त अदितिलाई लिएर फिल्म निर्माण गर्ने विषयलाई सुर्यले आधिकारिकता भने दिईसकेका छैनन् । तर फिल्म निर्माण गर्ने घोषणा गरे लगतै उनले अदितिसँगको भेट र त्यसपछिको तस्वीर शेयर गर्नुलाई कतै उनले फिल्मको लागि तय गरिसकेको त होइन भन्ने अनुमान पनि गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्