‘राधे’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ लाई यसवर्ष इदमा नै रिलिज गर्ने भएका छन् । सलमानले सामाजिक सञ्जाल मार्फत फिल्म घोषणा अनुरुप इदमै रिलिज हुने जानकारी दिएका छन् । केहि दिन यता भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि लकडाउन तथा कर्फ्युको अवस्था केहि प्रान्तमा रहेता पनि फिल्म घोषित मितीमै आउने बताईएको छ ।

फिल्म आउने तय भएपछी ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सलमानको स्टारडमलाई देखाईएको छ । ट्रेलरमा एक्सन अवतारमा सलमान प्रस्तुत भएका छन् । फिल्ममा सलमानसँगै रणदीप हुदा , दिशा पटानी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

तर ,फिल्म हलसंगै ओटीटी प्लेटफर्ममा पनि प्रदर्शनमा आउने छ । जहाँ फिल्म हेर्नको लागि पैसा तिर्नु पर्ने हुन्छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले पछिल्लो समय सलमानकै फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्