फिल्म । गत वर्ष एक्टर जोन अब्राहम फिल्म ‘सत्यमेव जयते ‘ मा देखिएका थिए । फिल्ममा उनको दमदार अभिनय त थियो नै साथमा उनि निर्माता पनि थिए । यिनै जोन यो वर्ष फिल्म बाटला हाउसमा देखिदैछन् । फिल्ममा उनि निर्माता पनि छन् तर यो फिल्म अगस्तमा रिलिज हुनेछ । तर , यसअघि नै उनको फिल्म ‘रोमियो अकबर वाल्टर’ रिलिज हुनेछ ।
फिल्मलाई अप्रिल ४ मा रिलिज गरिने भएको छ । यसअगाडी फिल्मलाई अप्रिल १२ मा रिलिज गर्ने तयारीमा जोन थिए तर त्यसको एकसातामै करण जोहरको ब्यानरमा निर्मित फिल्म ‘कलंक’ रिलिज हुनेभएपछी निर्माण जोनले आफ्नो फिल्मको रिलिज डेट सारेका छन् । जोनको यस निर्णयसँग खुसि हुदै करणले धन्यवाद दिएका छन् ।
राबी गरेवालको निर्देशनमा तयार भईरहेको फिल्ममा जोनको को-स्टार छिन् मौनी रोय । गत वर्ष जोनकै फिल्म ‘सत्यमेव जयते’ सँग मौनीको डेब्यु फिल्म ‘गोल्ड’ रिलिज भएको थियो । टेलिफिल्म नागिन मार्फत चर्चामा आएकी मौनी पछिल्लो समय फिल्ममा ब्यस्त छिन । फिल्ममा शिकन्दर खेर , ज्याकी श्राफ र सुचित्रा कृष्णामुर्ती लगायतको पनि अभिनय रहेको छ । यसमा जोन ‘र’ एजेन्टको भूमिकामा छन् ।










