संगीत । फूलबुट्टे सारी बोलको तीज गीत सार्वजनिक भएको छ । विन्दु परियारको आवाजमा शान्तिप्रियको शब्द तथा सुदिप सागरको एरेञ्ज तथा संगीत रहेको गीतले तीजको परिवेशलाई चित्रण गरेको छ । महिलाहरुको महान पर्व तीज लक्षित गरेर सांस्कृतिक परम्परालाई आत्मसात गर्दै आफूले मौलिक गीत लेख्ने गरेको गीतकार शान्तिप्रियले बताए ।
फूलबुट्टे सारीमा अभिनेत्री अनामिका चौलागई मोडलका रुपमा छिन् । फूलबुट्टे सारीको नृत्य निर्देशक एवं निर्देशक राजिव बलामी हुन् भने सम्पादन पनि उनी आफैले गरेका छन् । गीतको छायांकार राजु केसी हुन् भने श्रृंगार दीभिषा शर्माले गरेकी छिन् । गीतमा शान्तिप्रियकै निर्दिष्ट रहेको छ । छायाँछवि क्रियशनले निर्माण गरेको यस गीत फूलबुट्टे सारी सीसी नेपाल युटुव च्यानलबाट रिलिज गरिएको छ ।
कमेन्ट गर्नुहोस्












