‘लण्डन टु पेरिस’ टिजर : साम्राज्ञीको प्रेमका लागि निश्चलको सङ्घर्ष

फिल्म । नेपाली फिल्म ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक गरिएको छ । युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावमा केन्द्रीत फिल्मको टिजर मुख्य कलाकारहरू साम्राज्ञी आरएल शाह, कविर खड्कासँगै डेब्यु कलाकार निश्चल खड्का र गरिमा शर्मामा केन्द्रीत छ । यी चारकै वरपर घुमेको कथा रहेको फिल्मको टिजरमा निश्चल र साम्राज्ञी बीचको प्रेम र खटपटलाई देखाईएको छ ।

घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनीष श्रेष्ठ, लोकविक्रम मल्ल र मनीष गान्धीको अभिनय छ । फिल्ममार्फत निश्चल र गरिमाले नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।

फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ । लङ्नेस ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’का कोरियोग्राफर हुन् ।

कमेन्ट गर्नुहोस्