वर्षा र आँचलको मित्रता (फोटो फिचर)

639 Shares

फिल्म । सफल सिरिज नाई नभन्नु लको चौथो संस्करण मार्फत फिल्मनगरीमा पाईला टेकेका हुन् वर्षा राउत र आँचल शर्माले । म्युजिक भिडियो हुँदै फिल्ममा आएका आँचल र वर्षा बीचमा सुमधुर सम्बन्ध छैन भन्ने चर्चा सुरुवाती दिनमा नचलेको होइन । तर , दोस्रो फिल्ममा आइपुग्दा यिनीहरुको मित्रता देखिन् थालेको छ । डेब्यु फिल्ममा मिडियामा आउँन चाहेनन् , या अन्य केहि थियो यो त दुवैले जानुन तर पछिल्लो एक इभेन्टमा यिनको दोस्ती गज्जब देखियो ।

वर्षाको गत वर्थडेमा ‘राम्रो साथी’ रहेको प्रतिक्रिया दिएकी थिइन् आँचलले । यी दुइ पछिल्लो इभेन्ट फिल्म ‘दाल भात तरकारी’ को ५१ दिने कार्यक्रममा एक अर्कासँग गफिए । उनीहरुहरुले फिल्म सफल भएको भन्दै खुशी पनि व्यक्त गरे । यिनको ड्रेसको शैली पनि उस्तै थियो । क्यामेराको अघि तस्वीर खिच्दा होस् या एकसाथ बस्दा, आँचल र वर्षा एकअर्कासंग गफ्फिएका थिए ।
तस्वीरहरु : आर्यन बिमली

Facebook Comments