श्रद्धाको नयाँ प्रेमी ?

बलिउड । पछिल्लो समय एक्ट्रेस श्रद्धा कपूर फिल्म ‘साहो’ को काममा व्यस्त छिन । बाहुबली स्टार प्रभासको अभिनय रहेकोले यसफिल्मलाई लिएर श्रद्धा निकै उत्साहित छिन । यिनै श्रद्धा केहि समय अगाडी एक्टर तथा निर्देशक फरहान अख्तरसँग प्रेममा छिन भन्ने गसिप बि-टाउनमा चर्चामा थियो । तर यतिबेला श्रद्धा अर्को एक्टरसँग डेटमा रहेको खबरले बि-टाउनमा चर्चा पाइरहेको छ ।

उनि पछिल्लो समय कार्तिक आर्यनसँग प्रेममा छिन । श्रद्धा गत आइतवार १० बजे कार्तिकसँग फिल्म हेर्न पुगेकी थिइन् । यी दुईलाई फिल्म मात्र होइन , डिनर डेटमा पनि स्पट गरिएको छ । फरहानसँग जोडी नमिल्ने चर्चा भएता पनि कार्तिकसँग भने केमेष्ट्री निकै सुहाएको छ । कार्तिक ‘प्यारका पंचनामा’ सिरिज मार्फत चर्चामा आएका एक्टर हुन् । यी दुई एक फिल्ममा अनस्क्रिन जोडी समेत बन्दैछन् ।

कमेन्ट गर्नुहोस्