सेन्सर पास भयो ‘चौका दाउ’

फिल्म । फिल्म ‘चौका दाउ’ सेन्सर पास भएको छ । गत आइतवार फिल्मको सेन्सर गरिएको हो । सेन्सर बोर्डले फिल्मलाई प्यारेन्टल गाइडेन्स अर्थात् पिजी सर्टिफिकेट दिएको छ । यसफिल्मलाई हेर्न १६ वर्ष भन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा जानु पर्ने हुन्छ । ‘निकै खुसि छु सेन्सरको प्रतिक्रियाले’ निर्देशक पूर्णेन्दु झा भन्छन् ‘फिल्मले मनोरंजनसँगै संदेश पनि दिन्छ तर फिल्मी शैलीमा ।’ सेन्सरको क्रममा फिल्म हेर्ने सबैले रुचाएको भनाइ उनको छ । मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको यो फिल्म आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

फिल्म ‘चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित छ । यसमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ । फिल्ममा वर्षा राउत , सन्तोष पन्त , विल्सन विक्रम राई , तैयव शाह , रविन्द्र झा , निर्मल शर्मा ,अजश्र ढुँगाना, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतको अभिनय रहेको छ ।

अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको फिल्ममा छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्