असोज ११ मा ‘सानो संसार’

फिल्म । निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमा ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको सिनेमा अब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने भएको छ ।

निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, हाम्रो सिनेमा ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौं ।’

पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले यो सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् । सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् ।

कमेन्ट गर्नुहोस्