फिल्म । यतिबेला बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणले सबैको ध्यान तानेको छ । इण्डियन मिडियाले सुशान्तसँग जोडिएको घटनालाई प्रमुख समाचार बनाएर प्रशारण तथा प्रकाशन गरिरहेका छन् । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यतिबेला जेलमा छिन् । उनि सुशान्तलाई ड्रग्स उपलब्ध गराएको कसुरमा जेल पुगेकी हुन् ।
जेल जानु अगाडी नार्कोटिक्स कन्ट्रोल ब्युरोलाई रियाले बयान दिएकी थिइन् । जसमा उनले बलिउडका २५ कलाकारले ड्रग्स लिने गरेको भन्दै बयान दिएकी छिन् । टाइम्सको एक रिपोर्टमा रियाले राकुल प्रीत सिंह , सारा अलि खान , निर्देशक मुकेश छाबरा लगायतको नाम लिएको उल्लेख छ । यो नाम अगाडी आएसँगै एनसिबीले छानविन समेत शुरु गरिसकेको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










