फिल्म । बलिउड अभिनेत्री दीपिका पादुकोणले अब महिलाले लड्नु पर्ने भनेकी छिन् । उनले भनिन् ‘अन्याय सहेर बस्ने हो भने त्यो कथा धेरैमा दोहोरिन्छ , त्यसैले अब लड्नु पर्छ ।’ उनले #AbLadnahai अर्थात् ह्यासट्याक गरेर ‘अब लड़ना है’ समेत क्याम्पेन गरिरहेकी छिन । पछिल्लो समय फिल्म ‘छपाक’ ट्रेलर रिलिजमा उनेले एक महिलाले अधिकार लिदा वा न्याय पाउँदा त्यसको प्रभाव धेरै महिला वा समाजमा पर्ने बताइन । कसैले एसिड हान्नु जति ठूलो अपराध हो त्यही अनुपातमा सजाय भएको पाइदैन । भारत र अन्य देशहरुमा सुनिने गरेको यस्तो आक्रमणका घटना अचेल नेपालमा पनि निकै हुन थालेका छन् ।
भारतमा यसवर्ष एसिड आक्रमण पीडितको संघर्षबारे एउटा फिल्म आउँदैछ,त्यो फिल्म हो ‘छपाक’। र, यसमा एसिड पीडित युवतीको मुख्य भूमिकामा छन् दीपिका पादुकोण । राजी र तलवारजस्ता फिल्म निर्देशन गरिसकेकी मेघना गुलजारले यसको निर्देशन गरेकी छन् । लक्ष्मी अग्रवाल नामक एसिड आक्रमणमा परेकी युवतीको जीवनमा आधारित छ । दीपिका यसमा निर्मात्री पनि छिन् । ‘हामीले ससक्त कथालाई दर्शकसम्म पुर्याउनु पर्छ , यसले केहि चेतना र केहि महिलामा आत्मविश्वास भने पक्कै थप्नेछ’ उनले भनिन् । (एज्नेसी)










