सिरिज । भारतीय प्रतिक्षित सिरिज मध्येको एक ‘द फ्यामिली म्यान’ को दोस्रो सिजन गत जुन ४ मा रिलिज भयो । यसको दोस्रो सिजनमा सरप्राइज थिइन् सामन्था अक्किनेनी । उनले तामिल युवतीको भूमिका निर्वाह गरेकी थिइन् । स्पाइ स्टोरी मन पराउने दर्शक वाच लिस्टमा रहेको सिरिजको तेस्रो भागको चर्चा बढ्न थालेको छ ।
राज र डीके निर्देशित सिरिजमा मनोज बाज्पाई, प्रियामणि, शारिब हाशमी र गुल पनागले मुख्य भूमिका निर्वाह गरेका छन् । सिरिजमा मनोज स्पाइ एजेन्ट हुन्छन् । उनि टास्कमा काम गर्छन् , यिनै काम र परिवार बीचको कथा सिरिजमा छ । अमेजन प्राइमको सफल सिरिजमा लिस्टेड ‘द फ्यामिली म्यान’ को तेस्रो भागका लागि निर्माण पक्षले साउथ स्टार विजय सेतुपतिसंग कुरा अगाडी बढाएको छ ।
सिरिजको कथा श्रीलंकन तामिलसंग जोडिएको हुँदा विजयलाई अफर गरिएको हो । यदि उनले यो सिरिजमा काम गर्छन् भने यसले नयाँ रेकर्ड बनाउने र दर्शकको अझै बढी माया पाउने निर्माण पक्षको अपेक्षा छ । पछिल्लो समय विजय साउथ इन्डियन फिल्म ‘मास्टर’ मा देखिएका थिए । (एजेन्सी)











