सुमनको निर्देशनमा सिडी बिजयको ‘तिमीसँग’

संगीत । गायन रियालिटी शो ‘भ्वाईस अफ नेपाल’का प्रथम विजेता सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर…’को भिडियो सार्वजनिक भएको छ । सम्राट क्रियसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा कल्पना पाठकको शब्द रचना रहेको छ भने स्वयम् गायक अधिकारीले संगीत दिएका छन् । गीतको भिडियोलाई संयुक्त राज्य अमेरिकाको लेक्सिन्टन क्षेत्रको रमणीय स्थानमा छायांकन गरिएको छ ।

विगत केहि वर्षदेखि त्यहिँ बसोबास गर्ने निर्देशक सुमन दाहालले भिडियोको निर्देशन गरेका हुन् । प्रेममा धोखा पाएपछि भोग्ने पिडालाई भिडियोमा देखाउने प्रयास गरेको निर्देशक दाहालले बताए । यसमा राजु भण्डारी र निश्मा चापागाईको अभिनय रहेको छ । भिडियोलाई छायाँकन तथा सम्पादन अक्की शर्माले गरेका हुन् । यसमा भुपेन्द्र अधिकारीको मिक्सिङ, रेनिश फागोको रंग संयोजन रहेको छ ।

कमेन्ट गर्नुहोस्