सेलेब्सले रुचाए रणवीर (फोटोफिचर)

फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ को चर्चा परिचर्चा बढ्दो छ । रिलिजको पुर्व सन्ध्यामा गरिएको प्रिमियरले फिल्मको मेकिङको चर्चालाई बाहिर ल्याएको हो । फिल्म हेर्ने अधिकाँसले यसको तारिफ गरेका छन् । साउथ इण्डियन फिल्मनगरीमा काम गरेर आइसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार फिल्मले त्यस्तै स्वाद दिने प्रतिक्रिया आइरहेको छ । फिल्मलाई फिल्मकर्मी तथा मिडियाकर्मीले तारिफ मिलिरह्दा फिल्म हेर्ने सेलेब्सको संख्या बढ्दो छ भने हेर्नेले फिल्मको तारिफ नै गरेका छन् ।

आइतबार राजधानीमा आयोजित शो मा फिल्मलाई किरण केसी , शिवहरि पौडेल , दीपाश्री निरौला , मिलन चाम्स , सन्ध्या केसी , गौरव पहाडी लगायतले हेरे । फिल्म हेरेर निस्किएपछी मिडियासँग कुरा गर्दै दीपाश्रीले मेकिङको तारिफ गरिन । ‘एक्सन निकै तारिफ योग्य छ , सबैले आफ्नो ठाउमा राम्रो काम गर्नु भएकोछ’ दीपाले उपस्थित सञ्चारकर्मीलाइ प्रतिक्रिया दिदै भनिन् ‘यस फिल्म मार्फत हाम्रो फिल्मनगरीले दुई नयाँ हिरोइन पाएका छौ , उहाहरुको भविष्य उज्वल छ ।’ यसैगरी अर्का निर्देशक मिलन चाम्सले पनि यसलाई नेपाली फिल्ममा नयाँ स्वाद भने । ‘समग्रमा फिल्म राम्रो छ , यसले दर्शकलाई नयाँ स्वाद दिन्छ’ मिलनले भने ‘यस फिल्मले नेपाली फिल्मको मेकिङलाई एक स्टेप माथि लागेको छ ।’

यसैगरी उपथित गौरव , किरण , शिवहरी र सन्ध्याले पनि फिल्मले दर्शकलाई मनोरंजन दिने बताए । फिल्ममा सुशील सिटौला , प्रशान्त ताम्राकार , सुवेक्षा खड्का , सुपुष्पा भट्ट , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

तस्वीर : आर्यन बिमली
कमेन्ट गर्नुहोस्