चलचित्र उपकरण संघमा कार्यसमिति विस्तार

फिल्म । छायांकनका लागि चाहिने क्यामेरादेखि लाइटसम्मको उपकरणहरु उपलब्ध गराउने व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र उपकरण संघले विश्व प्रकाश गौचनको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । गत शनिवार चलचित्र विकास बोर्डमा आयोजित संघको तेर्हौं वार्षिक साधारण सभा तथा प्रथम विधान सभामा नयाँ पदाधिकारीले कार्यभार सम्हालेका छन् ।

गत असोज ५ गते संघले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएता पनि कोरोनाका कारण संघले शपथ ग्रहणको कार्यक्रम भने स्थगन गरेको थियो । संघको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशब घिमिरे, कोषाध्यक्षमा जीवन थापा, सदस्यहरुमा माधव थापा, विश्नु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्