सङ्गीत।’बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” पत्रकार नरेश भट्टराईलाई प्रदान गरिने भएकाे छ । अवार्डको तेर्हौ संस्करण २०८० वैशाख २२ हुने भएको छ । नेपाली सांगीतिक क्षेत्रको श्रीबृद्धिका लागि क्रियाशील बिन्ध्यबासिनी म्युजिकले याे अवार्ड यसवर्ष पत्रकार भट्टराईलाई दिन निर्णय गरेकाे हाे ।२५ हजार धनराशीको यो “बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” बिगत २५ बर्षदेखि विभिन्न सञ्चारगृहसँग आबद्ध रहेर गीतसंगीत र श्रस्टाको प्रबर्द्धन र बिकासमा योगदान पुर्याएवापत पत्रकार भट्टराईलाई प्रदान गर्ने निर्णय भएकाे फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् ।
श्रस्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रबर्द्धनमा भूमिका निभाएका पत्रकारहरुलाई पनि नेपालीसंगीत समाजले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर बिन्ध्यबासिनी म्युजिक प्रालिले यो सम्मानको सुरुवात गरेको अध्यक्ष रेग्मीले बताइन। निजी क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली संगीत क्षेत्रको इतिहास मै पहिलो हो । यसअघि “बिन्ध्यबासिनी गीतसंगीत पत्रकारिता पुरस्कार”ले गीत संगीत विधामा विभिन्न सञ्चारगृहसँग आबद्ध रहेर काम गरिरहेका पत्रकारहरूलाई पनि बिन्ध्यबासिनी म्युजिकले पुरस्कृत गरेको थियो ।
बिक्रम सम्बत २०७० सालमा बिदुर गिरी, फूलमान बल, बिजय सुवेदी (आवाज), कृष्ण भट्टराई, अशोक प्यासी राई, लक्ष्मण सुवेदी, दीपक बिहिन, मन्दिरा ढुंगेल, नरेश भट्टराई, तुलसी गिरी, प्रदीप निरौला, युमाश शेर्पा, सुकृत नेपाल, सुरज श्रेष्ठ, लोक संचारकर्मी नेपाल संस्था र हेम सुवेदी पुरस्कृत भएका थिए । यसैगरी वि स २०७१ सालमा सुर्यकुमार क्षेत्री, राजाराम फुयाँल, शान्तिप्रिय, नवराज लम्साल, सविना कार्की, राज श्रेष्ठ, चन्द्रमणि गौतम, राजु बोहोरा, डब्बु क्षेत्री, गोबिन्द गिरी,अनन्त वाग्ले, डम्बर बहादुर बुढाथोकी, नविन दाहाल, श्यामस्मृत, राजन घिमिरे, रेमन दास श्रेष्ठ, सुब्रत आचार्य बिन्ध्यबासिनी गीतसंगीत पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत भएका थिए ।“बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान” बाट हालसम्म सम्मानित व्यक्तित्वहरुको नामावली बिन्ध्यबासिनी फाउन्डेसनले उपलब्ध गराएको छ ।
१. बिदुर गिरी बि.सं. २०७० २. नवराज लम्साल बि.सं. २०७१ ३. कृष्ण भट्टराई बि.सं. २०७२ ४. सुमन खरेल बि.सं. २०७३ ५. डब्बु क्षेत्री बि.सं. २०७४ ६. रमण घिमिरे बि.सं. २०७५ ७. राजेश खनाल बि.सं. २०७६ ८. अनन्त वाग्ले बि.सं. २०७७ ९. श्याम श्रेष्ठ बि.सं.२०७८ १०. नरेश भट्टराई बि.सं. २०७९










