मार्चमा ‘अंग्रेजी मिडियम’

फिल्म । हिट फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेललाई दर्शकले आउँदो वर्ष हेर्न पाउने भएका छन् । निर्माता दिनेश विजनले फिल्म मार्च २० सन् २०२० मा रिलिज गर्ने घोषणा गरेका छन् । होमी अडजानिया निर्देशनमा तयार फिल्ममा इरफान खान र करीना कपूर खान मुख्य भूमिकामा छन् । यी दुइको वरपर नै फिल्मको कथा घुम्नेछ ।

सन् २०१७ मा रिलिज भएको फिल्म ‘हिन्दी मेडियम’ लाई समिक्षकसँगै दर्शकले पनि उत्तिकै रुचाएका थिए । शिक्षा प्रणाली माथिको व्यंग रहेको फिल्मको सिक्वेललाई लिएर यतिबेला टिम उत्साहित छ । यसको नाम हिन्दी मिडियम २ राखिने चर्चा थियो तर अन्तत ‘अंग्रेजी मिडियम’ नै नाम राखिएको छ ।

कमेन्ट गर्नुहोस्