पति-पत्नीबीच हुने द्वन्द्वको कथामा ‘हनिमुन’

फिल्म । सञ्चारकर्मी रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा निर्माण भएको छोटो फिल्म ‘हनिमुन’ रिलिज भएको छ । १७ मिनेट छोटो फिल्मले हनिमुनमा पति-पत्नीबीच हुने असमझदारी र द्वन्द्वको कथा पेश गर्छ । बिहे गर्न केटा र केटी सहमत हुँदै गर्दा पार्टनरको अतितलाई स्वीकार नगर्दा यसले दाम्पत्य जीवनमा ल्याउने तनाव र अमसझदारी यसको मुख्य कथावस्तु हो । निर्देशक ज्ञवालीले नेपाली समाजमा बिहेलाई लिएर व्याप्त समस्या र रिलेसनसिप उतारचढावलाई यो फिल्ममार्फत प्रस्तुत गरेका छन् ।

फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको मुख्य भूमिकामा छन् । फिल्म ‘हनिमुन’मा विजय अर्यालको आवाज, बिशाल निरौलाको संगीत, योगेश काजीको ब्याकग्राउन्ड स्कोर तथा मिक्सिङ, राजेन्द्र मोक्तानको कलरग्र्रेडिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् । रामजीले यसअघि डार्क मुन, एक लभर, लकडाउन लगायतका छोटा फिल्म समेत निर्माण गरेका छन् ।

कमेन्ट गर्नुहोस्