प्रिमियरमा शृंखलाको ‘सुटुक्क’

47 Shares

फिल्म । सन् २०१८ कि मिस नेपाल शृंखला खतिवडाको सुन्दरताको चर्चा हुने गर्छ । उनलाई फिल्मको अफर पनि नगएको हौइन । तर , उनले फिल्म नखेल्ने अडान राख्दै आएकी छिन् । नेपाली फिल्मसँग जोडिएको गतिविधिमा नदेखिने शृंखला पछिल्लो समय ‘आप्पा’ को प्रिमियरमा देखा परिन् । त्यसपछि धेरैले अड्कल गरे , कतै यिनी पनि आफ्नो निर्णयबाट लचिलो हुदैछिन् कि ? तर फिल्म हेर्न आएकी शृंखलाले मिडियासँग कुराकानी गर्न मानिनन् ।

फिल्म पुरा हेरेकी उनी ‘सरी, म बोल्दिंन’ भन्दै मिडियाबाट पन्छिएर हिंडिन् । बरु , सुरुवातमा उनले तेर्सिएको क्यारेमामा आग्रह गरिन् ‘भिजिट नेपाल २०२० , यसलाई प्रमोट गरौ है ।’ फिल्म हेरेपछि उपस्थित सम्पूर्णले आफुलाई लागेको प्रतिक्रिया दिए । तर , शृंखलाले भने‘म सुटुक्क आएँ, सुटुक्क जान्छु’ भन्ने जवाफ दिएर उनी हलबाट निस्किइन् ।

प्रिमियरमा ‘सुटुक्क’ कस्तो हुन्छ त्यो त उनैले जानुन् तर बोल्ने नबोल्ने व्यक्तिको अधिकारी भित्र पर्ने गर्दछ । उनले पनि आफ्नो अधिकारलाई प्रयोग गरिन्, ठिकै छ । तर आफु प्रिमियरमा आएर उनले ‘सुटुक्क’ भन्दा धेरैले पन्छिनुको कारणलाई विभिन्न अर्थ लगाए । कि उनलाई थाहा थिएँन् , प्रिमियरमा मिडियाकर्मी हुन्छन् भन्ने । जे होस् यतिबेला शृंखलाको ‘सुटुक्क’ को चर्चा फिल्मनगरीमा राम्रै छ ।

Facebook Comments