‘जिग्री’को टिजर सार्वजनिक

फिल्म । सुस्केरा आर्ट्सको प्रस्तुति तथा लोकल सिनेमाको सहकार्यमा निर्माण भएको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक भएको छ । फागुनको ४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले दुई केटाहरूको कथा प्रस्तुत गरेको छ । फिल्मको टिजर हेर्दा यसको कथा पैसाकै वरिपरी घुमेको बुझ्न सकिन्छ । आकाश मगरको निर्देशनमा तयार भएको यो फिल्ममा कुमार श्रेष्ठको लगानी छ भने यसका कार्यकारी निर्माता कुसुम थापा मगर हुन् ।

फिल्ममा अभयराज बराल, आकाश मगर, सुशिलराज पाण्डे, पशुपति राई, सुप्रिया राना लगायतका कलाकारको अभिनय छ । सुमित भट्ट र सोमित माझीको छायांकन रहेको फिल्ममा सुवास पौडेल र भास्कर स्वाँरको संगीत, सरुन मानन्धरको सम्पादन छ । फिल्मको टिजर हेर्दा कमेडी जनरालाई रोचक तरिकाले प्रस्तुत गरिएको वुझ्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्