सर्वोत्कृष्ट फिल्मको विषय पुग्यो अदालत

फिल्म । चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ । चलचित्र निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र मिनराज आचार्यले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाएर दायर गरिएको रिटमा राष्ट्रिय पुरस्कारमा निर्णायकले गर्नुभएको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्न पर्ने कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ ।

राउत निर्देशित चलचित्र ‘प्रकाश’ राष्ट्रिय पुरस्कारका लागि सिफारिस भएको चर्चा निर्णायक समितिका एक सदस्यले समेत गरेका थिए । यद्यपि निर्देशक राउतले रिट दायर गर्नुको कारण आफ्ना लागि नभई उक्त विधमा न्यायका लागि रहेको प्रस्ट्याए । निवेदकतर्फका कानुन व्यवसायी रौनकराज अर्यालले शुक्रबार बिहान ११ बजे अदालतमा छलफलमा बोलाएको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्