‘चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्नु पर्छ’ : राष्ट्रपति पौडेल

देश । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गरेका छन् । आज शीतलनिवासमा चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे ।

उनले भने,‘ठूला ठूला विषयबस्तु भन्दा गाँउसमाजमा देखिएका स-साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जर्गाना गर्न पनि नेपाली चलचित्र महत्वपूर्ण भूमिका छ । किनकि चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो । यसका कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो ।’

राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पु¥याउने बताए । राष्ट्रपति पौडेलले भने,‘आधुनिक युगमा चलचित्र कुनैपनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पु¥याउने माध्यम बनेको छ । यसबाट हामीले पनि लाभ लिन जरुरी छ ।’

कमेन्ट गर्नुहोस्