हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान

सङ्गीत । हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करणका लागि आवेदन आह्वान गरिएको छ । ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित अवार्ड आयोजना गर्न लागिएको हो ।

आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै अवार्डका लागि वैशाख २१ गतेदेखि आवेदन फारम खुला गरिएको जनाएको छ । अवार्ड संयोजक गीता अधिकारीका अनुसार राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्स विधालाई समेटेर आवेदन माग गरिएको छ ।

अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक भएका गीत–संगीतका स्रष्टा तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ ।

गीत तथा सिर्जना दर्ताको अन्तिम म्याद जेठ १५ गतेसम्म तोकिएको छ। साथै, समारोहमा नेपाली गीत–संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एक विशिष्ट व्यक्तिलाई दीर्घसाधना सम्मान प्रदान गरिनेछ। देश तथा विदेशमा क्रियाशील नेपाली संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ।

यसअघि अवार्डका संस्करणहरू काठमाडौंसहित थाइल्याण्ड, सिंगापुर र मलेसियामा सम्पन्न भइसकेका छन्। संयोजक अधिकारीका अनुसार छैटौं संस्करणलाई विशेष र भव्य बनाउने तयारी गरिएको छ।

कमेन्ट गर्नुहोस्