सहयोगी करिश्मा

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल ‘लकडाउन’ छ । नेपालमा चैत्र १० गते दोस्रो कोरोना संक्रमितको पुष्टी स्वयम् नेपाल सरकारले गरे लगतै भोलिपल्ट चैत्र ११ गतेदेखि नेपालमा ‘लकडाउन’ गरिएको हो । पछिल्लो समय वैशाख १५ सम्म लकडाउन हुने बताइएको छ । यद्दपी यो लम्बिनेमा दुइ मत छैन । लकडाउनमा विधार्थी तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई अप्ठेरो पर्ने गर्छ । समाजमा परेको अप्ठेरोलाई समाजबाटै समाधान गर्ने प्रयास स्वरूप केहि सहयोगीले हात अगाडी बढाउदै सहयोग गर्ने गर्छन् ।

पछिल्लो समय नेपाली फिल्मका कलाकारहरुले पनि सहयोगी हात अगाडी बढाएका छन् । यसैक्रममा अगाडी आएकी छिन् , अभिनेत्री करिश्मा मानन्धर । छिमेकमा डेरा गरी बस्नेलाई करिश्माले राहत वितरण गरेकी छिन् । नुन, दाल, चामल जस्ता दैनिक उपभोग्य आवश्यक खाद्यन्न करिश्माले वितरण गरेकी हुन् । उनले वितरण गरेको राहत सामग्री बारे सामाजिक सञ्जाल मार्फत जानकारी दिदै टौखेल वरिपर डेरा गरी बस्ने काठमाण्डौं बाहिरकालाई गोदावरी भिलेज स्टुडियो (मानन्धर निवासमा) सम्पर्क गर्न आग्रह गरेकी छिन् ।

छिमेकमा डेरा गरि बस्नु हुने केहि दाजुभाइ दिदिबहिनिहरु लाइ केहि ग्रोसरि ☺️टौखेल वरिपरि कोहि काठमाडौं बाहिरका हुनुहुन्छ र…

Posted by Karishmaa Manandhar on Thursday, April 16, 2020
कमेन्ट गर्नुहोस्