तीजको दरसंगै शुभकामना आदान-प्रदान

फिल्म । निर्देशक अशोक शर्माले आफ्नो निर्देशकीय फिल्म ‘रातो टिका निधारमा’को कलाकारलाई तीजको दर खुवाएका छन् । बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, खुस्बु खड्कालाई जयनन्द लामा, अंकित शर्मा, रविन्द्रा झा र निर्देशक शर्माललगायतले दर खुवाउदै तीजको आत्मियता साटे । कलाकारले शुभकामना पनि आदान-प्रदान गरे । ‘हामीले हाम्रो महिला कलाकारलाई दर खुवाउदै तीजको शुभकामना दिएका हौ’ अशोकले भने । उनले फिल्म युनिट परिवार हुने भएकाले आफुले पारिवारिक दायित्वलाई बहन गरेको बताए ।

असोज १० गते रिलिज हुने ‘रातो टिका निधारमा’ले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिनेमा समेत निर्देशक शर्माले विश्वस्त छन् । यसै फिल्म मार्फत अशोकका छोरा अंकित शर्मा अभिनेताको रुपमा डेब्यु गर्दैछन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । यसमा कल्याण सिंहसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ । ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् ।

तस्विर: ज्ञानु राई

कमेन्ट गर्नुहोस्